Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपाली नागरिकता लिएको आरोपमा १० भारतीय नागरिक पक्राउ

नेपाली नागरिकता लिएको आरोपमा १० भारतीय नागरिक पक्राउ

  • काठमाडौं । नेपाली नागरिकताको प्रमाणपत्र बनाएको आरोपमा नेपाल प्रहरीले १० जना भारतीय नागरिकलाई पक्राउ  गरेको छ ।  भारतीय नागरिकहरुले झुट्टा कागज बनाएर नागरिकता लिइरहेको सूचना पाएपछि प्रहरीले निगरानी बढाएको थियो ।

    onlinepatrika
    Arghakhachi

    त्यसपछि भारतको उत्तर प्रदेशका स्थायी बासिन्दा भए पनि उनीहरुले नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिएको पाइएपछि पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले जानकारी  दिए । 

    AGNI GROUP

    उनीहरुले जिल्ला प्रशासन कार्यालय पर्सा, बारा, सिरहा, रुपन्देहीलगायतका जिल्लाबाट नेपाली नागरिकता लिएको पाइएको छ । प्रहरीले तीन महिना लामो अनुसन्धानपछि उनीहरुलाई काठमाडौंको कलंकी, संखमुल, ललितपुरको पाटन लगायतका क्षेत्रबाट पक्राउ गरेको हो ।

    उनीहरुसँग नेपालको मतदाता परिचय पत्र र भारतीय परिचय पत्र पनि फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु नेपालमा नै विभिन्न व्यवसाय गर्नेहरु रहेको एसएसपी केसीले बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij