Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

विश्व प्रेस स्वतन्त्रता दिवस मनाईँदै

विश्व प्रेस स्वतन्त्रता दिवस मनाईँदै

  • काठमाडौं । आज मे ३ अर्थात आज विश्व प्रेस स्वतन्त्रता दिवस । पूर्ण प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न तथा प्रेस स्वतन्त्रता नखोसियोस् भन्ने उद्देश्यसहित बिभिन्न कार्यक्रम गर्दै नेपालसहित विश्वभर मनाइदै छ । 

    images
    images
    images

    ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा आज विश्वभरि प्रेस स्वतन्त्रता दिवस बिभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।

    संयुक्त राष्ट्र संघीय निकाय युनेस्कोको आयोजनामा नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । सोही घोषणा पत्र जारी गरेको दिनको सम्झनामा सन् १९९३ देखि हरेक वर्ष यो दिवस पत्रकारहरूले उत्सवको रुपमा मनाउँदै आएका छन् ।

    संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेसँगै नेपालले पनि मे ३ का दिनमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij