
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी सवारी चालक दिलबहादुर थापाको निधन भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पताल स्रोतका अनुसार थापाको आज अपराह्न मृत्यु भएको छ ।
गत वैशाख ४ गते बिहान लामिछानेका सवारी चालक थापा भरतपुर–११ स्थित लामिछानेकै घरको छतबाट खसेर गम्भीर घाइते भएको अवस्थामा फेला परेका थिए ।
उपचारका लागि चितवनको पुरानो मेडिकल कलेजमा भर्ना गरिएको थियो । पछि थप उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल ल्याइएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij