Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचेतकमा सांसद निशा डाँगी नियुक्त भएकी छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको संसदीय दल बैठकले डाँगीलाई सचेतकको जिम्मेवारी दिएको हो।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारका अनुसार सांसद डाँगीलाई सचेतक बनाउने निर्णय भएको छ।
डाँगी भद्रपुर नगरपालिका १ झापाकी हुन्। उनी समानुपातिकतर्फबाट रास्वपामा प्रतिनिधि सभा सांसद बनेकी थिइन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij