Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कार दुर्घटनामा दुईको मृत्यु

कार दुर्घटनामा दुईको मृत्यु

  • काठमाडौँ । सिन्धुलीमा भएको कार दुर्घटनामा दुईको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । कमलामाई नगरपालिका–३ पिपलभञ्ज्याङभन्दा तीन घुम्तीमाथि बिपी राजमार्गमा कार दुर्घटना हो ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार काठमाडौँबाट सिन्धुलीमाडीतर्फ जाँदै गरेको बा८च ९१३५ नंको रातो ग्रेटवाल कार दुर्घटनामा परी कार चालक झापा चारपाने बस्ने ४३ वर्षीय कुमार पुरी र साविक सिन्धुलीको कपिलाकोट घर भई हाल काठमाडौँ महानगरपालिका गौरीघाट बस्ने ३८ वर्षीया साहारा प्रसाईँको घटनास्थलमै मृत्यु भएको हो ।

    AGNI GROUP

    दुर्घटनामा परी गम्भीर घाइते भएका प्यूठान नगरपालिका–८ का ३३ वर्षीय योगेन्द्र थापालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ । कार अनियन्त्रित भइ सडकबाट बायाँतर्फ २० मिटर तल भिरमा खसेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij