Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपालको शानदार जित

नेपालको शानदार जित

  • काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गरेको हो। नेपालले दिएको १५८ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा कतार ८९ रनमै समेटियो।

    onlinepatrika
    Arghakhachi

    कतारका लागि जहिर इब्राहिम र कुरान शेहजादले १५-१५ तथा अमिक फारुकले १४ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।

    AGNI GROUP

    नेपालका लागि सन्दीप लामिछानेले पाँच, सोमपाल कामीले तीन र ललित राजवंशीले दुई विकेट लिए। कतारकाे १४ रनमा पहिलो विकेट गएको थियो। त्यसपछि नेपाली बलरले कतारका ब्याटरलाई जम्न दिएनन्।

    यो जितसँगै नेपाल सात अङ्क सहित समूह ‘ए’ को शीर्षस्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ। नेपालले लिग चरणका चारमध्ये तीन खेल जित्यो भने एक खेल वर्षाका कारण अवरुद्ध हुँदा एक अङ्क पाएको थियो।

    त्यस्तै, समूह ‘ए’ बाट ओमन पनि सेमिफाइनलमा पुगेको छ। ओमनले चारमध्ये तीन खेल जितेको थियो भने नेपालसँग पराजित भएको थियो।

    समूह ‘बी’ बाट यूएई सेमिफाइनलमा प्रवेश गरिसकेको छ। अर्को टोलीका लागि कुवेत र हङकङ प्रतिस्पर्धा गरिरहेका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij