
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् । सोमवार बिहान ११ बजे बसेकाे प्रदेशसभा बैठकमा बहुमत पुष्टि गर्न नसकेपछि गिरी पदमुक्त भएका हुन् ।
गिरीले ८७ सदस्यीय प्रदेशसभामा जम्मा ३३ मत पाए । जबकि पद कायम रहन ४४ मत आवश्यक थियो । गिरीलाई एमालेका २९ र राप्रपाका ४ जनाले मात्र मत दिएका हुन् । विश्वासको मतको प्रस्तावको विपक्षमा ५३ मत खस्यो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij