
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गत प्रतिनिधि सभाको निर्वाचनमा १५, लाख ३७ हजार ३ सय ४० रुपैयाँ खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।
सो विवरण अनुसार सवारी साधनमा दुई लाख, सम्पर्क कार्यालय सञ्चालनमा तीन लाख, गोष्ठी, अन्तर्क्रिया शीर्षकमा दुई लाख, प्रतिनिधि परिचालनमा चार लाख, प्रचार प्रसार सामग्रीमा १ लाख ७७ हजार ९ सय र प्रचार प्रसारको लागि छापा एवं विद्युतीय माध्यममा २ लाख ५९ हजार ४४० रुपैयाँ खर्च भएको उल्लेख छ ।
गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा थापाले मकवानपुर १ बाट सूर्य चिह्न लिएर चुनावी प्रतिस्पर्धा गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij