Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सेयर बजारमा १५.१३ अंकको वृद्धि

सेयर बजारमा १५.१३ अंकको वृद्धि

  • काठमाडाैं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा उकालो लागेको छ । सोमबार नेप्से सुचकमा १५.१३ अंकले उकालो लागि १९२०.१२ विन्दुमा आएर रोकिएको छ। 

    onlinepatrika
    Arghakhachi

    यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा २.८५ अंकले बढेर ३६५.९० विन्दुमा पुगेको छ। बुधबार नेप्से सुचकको १६७ कम्पनीमा वृद्धि भएको छ । ४१ कम्पनीमा ओरालो लागेको छ भने १२ कम्पनी स्थिर रहेको छ ।

    AGNI GROUP

    यसअघि मंगलबार नेप्से सूचक ३ अंकले घटेर १९०४ विन्दुमा अडिएको थियो । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७३ कम्पनीको २५ लाख ७९ हजार ३२५ कित्ता सेयर खरिद बिक्री हुँदा ८७ करोड २१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

    त्यस्तै, कारोबारको आधारमा स्वाबलम्बन लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा छ। यसको ८ करोड ८३ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै नविल बैंक र एनआइसि एसियाको ३ करोडभन्दा बढीको कारोबार भएको छ।  १३ उपसूचकहरु मध्ये म्युचुअल फण्ड बाहेक सबै उपसुचकहरूमा उकालो लागेको छ । 

    बुधबारको कारोबारमा कालिनचोक दर्शन, मोलुङ हाइड्रो पावर र गुरास लघुवित्त वित्तीय संस्थाको करिब १० प्रतिशतले सेयर मूल्य बढेको छ। यस कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। यसैगरि ९.५ प्रतिशत एनसिसि ऋणपत्र र सामलिंग पावर कम्पनीको ८ प्रतिशतले वृद्धि भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij