
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । नेपाली भाषा, साहित्य, इतिहास, दर्शनशास्त्र र समाजशास्त्र विषयको सर्वोच्च प्राज्ञिक संस्था नेपाल प्रज्ञा–प्रतिष्ठानको ३९ओैँ प्राज्ञसभा सम्पन्न भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्राज्ञसभाकाे उद्घाटन गर्दै नेपाली समाज इतिहास र संस्कृतिको पुनर्लेखन गर्दै समाजवादी संस्कृतिलाई अंगीकार गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै सभाध्यक्ष तथा नेपाल प्रज्ञाप्रतिष्ठानका माननीय कुलपति भूपाल राईले नेपालको सम्पूर्ण साहित्य, भाषाभाषी, संस्कृतिको प्राज्ञिक खोज–अनुसन्धान गर्दै नयाँ संस्कृति निर्माण गर्नुपर्ने बताए ।
समग्र भाषाहरूको उत्थान र विकासमा जोड दिँदै भाषा आयोगका माननीय अध्यक्ष गोपाल ठाकुरले नेपाल प्रज्ञा–प्रतिष्ठानसँग सधैँ समन्वय गर्दै अघि बढ्ने बताए । स्रष्टाहरूको प्रतिलिपि अधिकार सुरक्षित गर्नेमा आफू तत्पर रहेको राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij