Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडाैं । श्री कृष्ण प्रणामीले आज बिहिबार बृहत मोटरसाइकल र्याली गरेका छन् । इमाडोलको कृष्ण मन्दिरले ५१ औं वार्षिकोत्सव आयोजना गर्ने क्रममा मोटरसाइकल र्याली गरेको हो । ५१ औं वार्षिकोत्सव तथा धर्म जागनी स्वर्ण महोत्सव भोली वैशाख १ गते देखि ९ गते सम्म मनाउने भएको छ ।
धार्मिक तथा सांस्कृतिक, मनोरंजन र सामाजिक सेवाका विभिन्न कार्यक्रमहरू सहित महालक्ष्मी नगरपालिकाको धार्मिक र पर्यटन क्षेत्रको प्रवर्धन समेत गर्ने गरि श्रीकृष्ण प्रणामी मूल मन्दिर इमाडोलले यो आयोजना गर्न लागेको हो ।
आफ्नो स्थापनाको ५० औं वार्षिकोत्सव उपलक्ष्यमामा विभिन्न ५० प्रकारका कार्यक्रमहरू स्वास्थ्य सेवा, छात्रवृत्ति, धार्मिक तथा आध्यात्मिक, वटुकहरूको व्रतवन्ध, वेलविवाह जस्ता कार्यक्रमहरू समेत रहने बताउँदै कार्यक्रमका उप संयोजक चिन्तामणी बस्नेतले यो कार्यक्रम महालक्ष्मी नगरपालिकाकै भएको समेत जिकिर गरे ।
भोली कलश यात्रा गरि शुभारम्भ गर्ने आयोजकले जानकारी दिए । यस कार्यक्रमका लागि नन्द किशोर शर्माको अध्यक्षतामा १००८ जनाको मूल समारोह समिति समेत गठन गरेको छ भने महालक्ष्मी नगरपालिकाको सहकार्य र समन्वय रहेको बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij