Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । पेरिस ओलम्पिक छनोट अन्तर्गतको खेलमा आज नेपाल र भियतनाम प्रतिस्पर्धा गर्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे खेल हुनेछ। नेपालसँगको पहिलो खेलमा ५-१ गोलको सहज जित निकालेको भियतनाम जितको लयलाई कायम राख्दै अर्को चरणमा पुग्न चाहन्छ।
अर्कोतर्फ नेपाली टोली अघिल्लो हारको बदला लिन चाहन्छ। पहिलो पटक फिफा विश्वकपमा पुगेको भियतनामी टोलीसँग नेपालले ओलम्पिक छनोट एसिया अन्तर्गत समूह ‘सी’को खेलमा प्रतिस्पर्धा गर्न लागेको हो। समूह ‘सी’मा नेपाल र भियतनामबाहेक प्यालेस्टाइन र अफगानिस्तानले पनि प्रतिस्पर्धा गर्ने तालिका रहे पनि यी दुई टोलीले नाम फिर्ता लिँदा छनोटमा नेपाल र भियतनामले मात्र खेल्नेछन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij