Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

चितवन २ मा दुई उम्मेदवारको उम्मेदवारी फिर्ता

चितवन २ मा दुई उम्मेदवारको उम्मेदवारी फिर्ता

  • काठमाडौँ । आगामी वैशाख १० गते हुने उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ । बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले मनोनयन गराएका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको हो । 

    images
    images
    images

    मनोनयन भएका २४ जना उम्मेदवारमध्ये २ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । चितवन-२ मा अब २२ जना उम्मेदवार हुने भएका छन् । उम्मेदवारी फिर्ताको लागि बिहीबार समय दिइएको छ । 

    सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पदखारेज गरिदिएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि लामिछानेले पनि पुन: उम्मेदवारी दिएका छन् ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij