Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सेतो मच्छिन्द्रनाथको रथयात्रा आज सुरू हुँदैछ। हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिनदेखि मच्छिन्द्रनाथको रथयात्रा हुनेगर्छ। आज मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म मच्छिन्द्रनाथको रथयात्रा हुनेछ।
रथयात्राका लागि काठमाडौं महानगरपालिकाले रुट निर्धारण गरेको छ। महानगरले रथयात्रा हुने सडकहरूमा सबै प्रकारका सवारी साधनलाई प्रवेश निषेध गरेको छ।
आज रथलाई जमल, रत्नपार्क, भोटाहिटीहुँदै असन पुर्याइनेछ। भोलि असन, केलटल, इन्द्रचोक मखनहुँदै हुनमान ढोका र १७ गते मानढोका , मरु, चिकंमुगल, जोशीदेग:, ज्याबहाल हुँदै लगन पुर्याइनेछ।
यसैगरी, चैत्र १८ गते साँझ लगन आमा रुख परिक्रमा गराइने छ भने चैत्र १९ गते साँझ लगन, ज्याबहाल, द्यः लं, यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म हुनेछ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij