Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बुद्ध थिएटर फेस्टिभल सुरू

बुद्ध थिएटर फेस्टिभल सुरू

  • काठमाडाैं । रंगमञ्च दिवसको अवसर पारेर 'बुद्ध थिएटर फेस्टिभल २०२३' सुरू भएको छ।  सोमबारदेखि जमलस्थित राष्ट्रिय नाचघरमा महोत्सवको तेस्रो संस्करण सुरू भएको हो। शेचेन गुम्बाका १० जना बौद्ध भिक्षुले मन्त्रोच्चारण गर्दै फेस्टिभलको औपचारिक उद्धाटन गरे।

    onlinepatrika
    Arghakhachi

    शेचेन गुम्बाका १० जना लामाहरुले मन्त्र उच्चारण गरि बोद्ध थिएटर फेस्टिभलको औपचारिक उद्घाटन गरे। समारोहमा रंगकर्मी अनुप बराललाई ५० हजार रूपैयाँको ‘डबली अवार्ड’ प्रदान गरिएको थियो। बरालको उपस्थित नहुँदा उनकी श्रीमती दिया मास्केलाई पुरस्कार हस्तारण गरियो। 

    AGNI GROUP

    गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्य रहेको फेस्टिभलमा नृत्य नाटिका ‘चण्डालीका’ मञ्चन गरिएको थियो। बुद्धलाई नेपालीले पनि राम्रोसँग चिन्न सकोस् भनेर फेस्टिभल आयोजना गरिएको महोत्सवका निर्देशक पुस्कर गुरुङले बताए। 

    चैत १७ गतेसम्म चल्ने फेस्टिभलमा ६ नाटक मञ्चन हुनेछन्। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij