Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित गठबन्धन दलका शीर्ष नेताहरूसँग छलफल गरिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारमा फर्कने संकेत गरेको छ ।
उसले साविककै अवस्थामा उपप्रधान तथा गृहमन्त्रालय लिएर सरकारमा सहभागी हुनसक्ने जनाएको छ । गठबन्धनमा सामेल नभएको रास्वपाले चैत ६ गते प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो ।
एमाले नेतृत्वको सात दलीय गठबन्धनमा हुँदा गृह मन्त्रालय नपाएर सरकारबाट बाहिरिएको रास्वपा अहिले सरकारमा जाने पक्षमा रहेको छ ।
नागरिकतासम्बन्धी मुद्दामा रवि लामिछाने पदमुक्त भएसँगै प्रधानमन्त्री प्रचण्डले पुनः गृह मन्त्रालय नदिने भनेपछि ४२ दिनमै रास्वपा सरकारबाट बाहिरिएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij