Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले विश्वकप छनौटमा परेको नेपाली क्रिकेट टिमलाई बधाई दिएको छ । आज एक विज्ञप्ति जारी गरी लोसपाका अध्यक्ष महन्थ ठाकुरले बधाई ज्ञापन गरेका छन् ।
आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा युएइमाथि जित रच्दै नेपालले सन् २०२३ को एक दिवसीय विश्वकप छनोटमा सिधै प्रवेश पाउने गरी प्राप्त गरेको उपलब्धले नेपाली जनतलाई गौरवान्वित महसुस भएको विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष ठाकुरले सबै खेलाडी र क्यानका पदाधिकारीलाई बधाई दिएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij