
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले कटवाललाई सहायक प्रशिक्षक नियुक्त गरेको हो ।
यसअघि गत कात्तिकमा कटुवाल घरेलु मैदानमा भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा मुख्य प्रशिक्षक थिए । साथै एन्फाले विनोद डङ्गोललाई गोलकिपर प्रशिक्षकको रूपमा नियुक्त गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij