Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लागूऔषधसहित एकजना पक्राउ

लागूऔषधसहित एकजना पक्राउ

  • काठमाडौं । प्रहरीले काठमाडौंबाट लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-१६ मा लागूऔषध ओसार पसार तथा खरिद बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको हो।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा ३३ वर्षीय उद्धव पौडेल रहेका छन्। उनको कोठा चेक जाँच गर्दा लुकाई राखेको अवस्थामा औषधीजन्य लागूऔषध, मोबाइलहरू र नगदसमेत फेला परी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

    AGNI GROUP

    उनको साथबाट ५१ ट्याब्लेट लागूऔषध, ११ थान सिरिन्ज, रेडमी मोबाइल तीन थान, वन प्लस मोबाइल एक थान, स्यामसुङ मोबाइल १० थान, भिभो मोबाइल तीन थान, वप्पो मोबाइल एक थान र आइफोन दुई थान बरामद भएको प्रहरीको भनाइ छ। यसका साथै उनको साथबाट प्रहरीले नगद २५ हजारसमेत बरामद गरेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij