Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं। त्रिवि क्रिकेट मैदानमा जारी आईसीस विश्वकप लिग २ अन्तर्ग अहिले जारी खेलमा नेपालले युएईलाई २४९ रनको लक्ष्य प्रदान गरेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४९ ओभर दुई बल खेल्दै सबै विकेट गुमाएर २४८ रन बनाएपछि नेपालले युएईलाई २४९ रनको लक्ष्य दिएको हो।
नेपालका लागि अन्तिममा दिपेन्द्र सिंह ऐरीले १९ बलमा ३४ रन बनाएका थिए। उनीसँगै मैदानमा रहेका गुल्सन झाले पनि ३२ बलमा ३७ रन बनाए।
नेपालको ब्याटिङलाई सहज रुपमा समापन गर्ने क्रममा मध्यक्रममा रोहित कुमार पौडेलले ७७ रन बनाए भने भीम सार्कीले २९ र आरिफ शेखले ४३ रन बनाएका थिए।
बलिङतर्फ युएईका लागि आयान खान, जुहुर खान, रोहन मुस्तफा र जवफ फरिदले समान २–२ विकेट लिएका थिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij