
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । सो कार्यतालिकाअनुसार भोलि (शनिबार) बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको हो ।
उम्मेदवारीविरुद्ध भोलि नै २ देखि ३ बजेसम्ममा उजुरी दिन सकिने व्यवस्था समेत गरिएको छ । उजुरीउपर जाँचबुझ गरि २८ गते निर्णय लिइने निर्वाचन आयोगले जनाएको छ । उपराष्ट्रपतिको मतदान चैत ३ गते हुनेछ । आयोगले मतदान बिहान १० बजेदखि दिउँसो ३ बजेसम्म हुने जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij