
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । गोठमा आगजनी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले बरेङ गाउँपालिका–४ ठोलोसौरा सल्यानका मेघनाथ शर्माको गोठमा आगजनी गरेको आरोपमा स्थानीय लीलामणि शर्मा गौतमलाई पक्राउ गरेको हो ।
सूचना अधिकारी मदन केसीले आगजनी गरिँदा रु पाँच लाख बराबरको क्षति भएको बताए । आगजनीबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij