
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको सञ्चालक समितिको २०२ औं बैठकले हाल चुक्ता पुँजी ७९ करोड १९ लाख ८४ हजार रुपैयाँको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । प्रस्ताव लाभांश आगामी आर्थिक वर्षको साधारण सभाबाट पारित हुनुपर्नेछ ।
साबिक वोमी लघुवित्त वित्तीय संस्था र साबिक सूर्योदय लघुवित्त वित्तीय संस्था आपसमा मर्जर भएका कारण करबापतको नगद लाभांश प्रस्ताव गरेको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij