
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौँ । युकेमा रोजगारीको प्रलोभन दिँदै ठगी गर्ने कार्यमा संलग्न दुई जना पक्राउ परेका छन् । भारतको बिहार राज्य घर भइ हाल काठमाडौँको कालीमाटी बस्ने सुदिश कुमार साह र काभ्रे घर भइ कालीमाटी नै बस्ने सुनिता परियारलाई प्रहरीले पक्राउ गरेको हो ।
सामाजिक सञ्जालमार्फत उनीहरुले विभिन्न व्यक्तिलाई साथी बनाउँदै ठगी गर्ने गरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरुले आफू मलेसियाको नागरिक भएको र हाल युकेमा डेन्टिस डाक्टर पेशा गर्ने भन्दै पीडितहरुलाई प्रभाव पार्ने गरेको कार्यालयका प्रहरी उपरीक्षकले जनाए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij