
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौं। बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केन्द्रीय साइबर ब्यूरोले रेग्मीलाई पक्राउ गरेको हो ।
थाईल्याण्डबाट नेपाल आउँदै गरेका बेला रेग्मीलाई विमानस्थलबाटै पक्राउ गरिएको साइबर ब्यूरोका एसएसपी नवीन्द अर्यालले जनाएका छन् । रेग्मी साइबर अपराधको आरोपमा पक्राउ परेका थिए । रेग्मीकाे आजै अदालतमा म्याद थप गरिनेछ । गायक प्रमोद खरेलसहित ४ जना कलाकारले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको बुझिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij