
May 22 2025 | २०८२, जेठ ८ गते
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले कार्यकारिणी समितिको बैठक बोलाएको छ । उक्त बैठक बबरमहलस्थित पार्टी कार्यालयमा फागुन १० गते बस्ने जनाइएको छ ।
कार्यकारिणी समितिको बैठकमा केन्द्रीय समिति गठन, राष्ट्रपति चुनावलगायतका विषयमा छलफल हुने बताइएको छ । पार्टीमा केन्द्रीय समितिका लागि आएका नामको बारेमा पनि छलफल भइरहेको छ । शीर्ष नेताको बीचमा सहमति भएपछि त्यसलाई कार्यकारिणी समितिको बैठकबाट टुंगो लगाउने तयारी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij