
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । रियल म्याड्रिडले स्पेनिस ला लिगा फुटबलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियलले इल्चेलाई ४-० गोलले हरायो ।
जितसँगै रियलले शीर्षटोली बार्सिलोनासँगको दुरी आठ अंकले छोट्याएको छ । एकपक्षीय खेलमा रियललाई जिताउन कप्तान करिम बेन्जेमाले दुई गोल गरे । मार्को असेन्सियो र लुका मोड्रिचले एक एक गोल गरे ।
जितसँगै दोस्रो स्थानमा रहेको रियलले २१ खेलबाट ४८ अंक बनाएको छ । शीर्षस्थानमा रहेको बार्सिलोनाको ५६ अंक छ । पराजित इल्चे नौ अंकसहित अन्तिममा छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij