
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसूचकमा ०.४३ अंकले ओरालो लागेर २१०५ विन्दुमा आएको छ ।
यससँगै ११ कम्पनीको ३२० कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख ५१ हजार ३११ रुपैयाँको कारोबार भएको छ ।
यो सेसनमा २ कम्पनीमा उकालो लागेको छ भने ८ कम्पनी घटेको छ । १ कम्पनी स्थिर रहेको छ ।
यता, १३ उपसूचकहरूमध्ये २ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ५ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij