Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा मिनि भ्यान दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मध्य पहाडी लोक मार्गको कुश्मा–बागलुङ सडकबाट खुर्कोटतर्फ उक्लिँदै गरेको ध१ज ११२३ नम्बरको मिनि भ्यान उकालो सडकमा गएराती दुर्घटना हुँदा ४० वर्षीय चालक बालकृष्ण पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्वतले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका पौडेललाई पर्वत जिल्ला अस्पताल लगिएकोमा चिकित्सकले उनलाइ मृत घोषणा गरेका थिए । मृतकको शव पोष्टमार्टमका निम्ति सोही अस्पतालमा राखिएको छ ।
दुर्घटनामा खुर्कोटकै मनीषा दर्जी, सजिना विक र मुकुन्द पौडेल घाइते भएका छन् । उनीहरुको पिनि सोही अस्पतालमा उपचार भइरहेको ।
प्रहरीका अनुसार उकालो बाटोमा ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij