Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । प्रहरी उपरीक्षक (एसपी) सविन प्रधानले राजीनामा दिएका छन्। गृह मन्त्रालयले माघ २० गते प्रहरी प्रधान कार्यालयमा रहेका एसपी प्रधानको राजीनामा स्वीकृति दिएको थियो।
आफ्नो कार्यकाल सकिन अझै डेढ वर्ष बाँकी छँदै उनले राजीनामा दिएका हुन्। आगामी २०८१ भदौसम्म उनको सेवा अवधि थियो। २०५१ भदौ प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना भएका थिए।
उनले संगठनमा लामो समय काम गरे पनि आगामी दिनमा अरू नै केही गर्ने उद्देश्य राखेको जनाएका छन्। भक्तपुर प्रहरी परिसरको कमाण्ड सम्हालेका उनी पछिल्लो समयमा प्रहरी महानिरीक्षक (आईजीपी)को सचिवालयमा थिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij