Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

आगलागीबाट १४ वर्षीया बालिकाको मृत्यु

आगलागीबाट १४ वर्षीया बालिकाको मृत्यु

  • काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिका-१, मा गए राति  आगलागी हुँदा १४ वर्षीया बालिकाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा चन्दननाथ–१ ठिन्केका लोकबहादुर भण्डारीकी १४ वर्षकी छोरी बन्दना भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए ।

    images
    images
    images

    आगलागी नगरपालिकाको दमकल, प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको थियो । आगलागीबाट  लोकबहादुरको तीनतले घर जलेर नष्ट भएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्याले आगलागी पीडितलाई सहयोग गर्न आग्रह गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij