Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

आलोचनासँगै सकियो डा. तोसिमाको २० दिने सत्तायात्रा

आलोचनासँगै सकियो डा. तोसिमाको २० दिने सत्तायात्रा

  • ललितपुर । ललितपुर निर्वाचन क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यमा प्रवेश गरेकी डा. तोसिमा कार्कीको सत्ता यात्रा २० दिनमै टुंगिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरे सँगै डा. कार्कीले राजीनामा बुझाएका हुन् । रास्वपाबाट शिशिर खनाल शिक्षा मन्त्री, डोलप्रसाद अर्याल श्रम मन्त्री र डा तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बनेका थिए ।

    images
    images
    images

    स्वास्थ्य राज्यमन्त्री डा. कार्कीले माघ ३ गते स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएसँगै उनको सत्ता यात्रा २० दिनमै टुंगिएको छ । 

    images

    २० दिनको सत्ता यात्रामा विवादै विवादमा प¥यो । वीर अस्पतालमा रिबन काट्दा होस् वा आत्मदाह प्रयास (हाल मृत्यु) गरेका इलामका प्रेम प्रसाद अचार्यलाई भेट्दा आइसीयू प्रोटोकल पालना नगरेको भन्दै उनले आलोचना खेप्नु प¥यो। यस्तै राज्यमन्त्रीको सपथकै दिन घाँटीमा स्टेथेस्कोप लगाएर हिँडेको भन्दै विवादमा पनि परिन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij