काठमाडौ । आइतबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । नेप्से परिसूचक १.५४ अंकले उकालो लागेर २०९६.०८ विन्दुमा पुगेको छ । गत बिहीबार नेप्से परिसूचक २२.१२ अंकले ओरालो लागेको थियो । उक्तदिन २ अर्बभन्दा बढीको सेयर कारोबार थियो ।
आइतबार नेप्से सूचकको १०८ कम्पनीको शेयर उकालो लागेको छ भने १०१ कम्पनी ओरालो लागेका छन् । त्यस्तैगरी ७ कम्पनी स्थिर छन् । २५८ कम्पनीको कारोबार भएको र ५२ लाख ६ हजार ३७० कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९३ लाखभन्दा बढी रुपैयाँको कारोबार भएको छ ।