Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । कुमारी बैंक लिमिटेडको १ लाख ११ हजार बढी कित्ता सेयर आजबाट बिक्री खुल्ला गरेको छ। बैंकको १ लाख ११ हजार ६३५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। संस्थापक सेयरधनी सुरेशचन्द्र तायलका नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखिएको हो।
बिक्रीमा राखिएको सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन पाउने छन्। यसका लागि ३५ दिनको समयसीमा तोकिएको छ। इच्छुक सेयरधनीहरु यो अवधिभित्र सेयर रजिस्ट्रार कुमारी क्यापिटलको काठमाडौंको नागपोखरीस्थित कार्यालय वा कुमारी बैंकको काठमाडौंको टंगालस्थित प्रधान कार्यालयमा आवेदन दिनु पर्ने छ।
तोकिएको अवधिसम्म सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा सर्वसाधारण तथा संस्थालाई बैंकले सेयर बिक्रीमा राख्ने छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij