Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गृहमन्त्रीबाट रविकाे बर्हिगमन र उत्पन्न परिस्थितिलाई सुक्ष्मरुपले हेरिरहेका छौँ : कांग्रेस

गृहमन्त्रीबाट रविकाे बर्हिगमन र उत्पन्न परिस्थितिलाई सुक्ष्मरुपले हेरिरहेका छौँ : कांग्रेस

  • काठमाडौं । संघीय संसदमा रहेका प्रतिपक्षी दलले गृहमन्त्रीबाट रवि लामिछानेको बर्हिगमन र त्यसपछि उत्पन्न परिस्थितिलाई सूक्ष्म ढंगले नियालिरहेको प्रतिक्रिया दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सिंहदरवारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आज बसेको प्रतिपक्षी दलका शीर्ष नेताको बैठकपछि कांग्रेसका मुख्य सचेतक रमेश लेखकले सञ्चारकर्मीसँग गृहमन्त्री लामिछानेको राजिनामा र त्यसपछिको अवस्थाका बारेमा सूक्ष्म ढंगले हेरिरहेको प्रतिक्रिया दिए ।

    AGNI GROUP

    उनले अब कसलाई पुनः गृहमन्त्री बनाउने भन्ने सन्दर्भमा सरकारमा रहेका दलहरूबीच सैद्धान्तिक र वैचारिक विवाद उत्पन्न हुनुका साथै सदनमा पनि त्यो विषय उठेको बताए ।

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने,'अहिले हामीले हेर्ने हो, गर्नेले के गर्छन्, त्यो हेरौं, त्यसपछि हामी टिप्पणी गरौँला ।'

    लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले गृहमन्त्री लामिछानेको विषय कानुनले नै हेरिरहेको प्रतिक्रिया दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij