Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । सूर्यविनाय नगरपालिकाले जग्गा सम्बन्धि विभिन्न सात निर्णयहरु पारित गरेको छ । नगरपालिकाले हिजो बिहिबार एक सूचना जारी गरी पालिकाले नगरपालिकाभित्र रहेका वडाहरुमा निजि तथा व्यवसायिक आवास तथा संरचना निमार्ण सम्बन्धमा विभिन्न निर्णयहरु गरेको जानकारी दिएको हो ।
साे निर्णय अनुसार सूर्यविनायक नगरपालिका भित्रका सम्पूर्ण वडाहरुको हकमा नीजि तथा व्यावसायिक आवास तथा संरचना निर्माण गर्दा स्थलगत समितिले जग्गा विकास, हाउजिङ्ग तथा प्लानिङ्ग निर्देशिका ०७९ ले ठहर गरेका निर्णयका आधारमा उक्त समितिको दिएको प्रतिवेदनका आधारमा जग्गा विकास, प्लटिङ्ग, हाउजिङ्ग, नयाँ घर अन्य संरचना निर्माण गर्ने स्वीकृती दिने निर्णय गरेको छ ।
नगरपालिकाले माटो सम्याउँदा नगरपालिका संग स्वीकृत लिई माटो सम्याउने व्यवस्था गरेको छ । जग्गा सम्याउँदा निस्केको माटो नगरपालिको स्वीकृती लिएर बिक्री वितरण गर्न पाउने व्यवस्था मिलाएको छ ।
नगरपालिका भित्रका सरकारी, पर्ती जग्गा छुट्याउने, नगरको स्वीकृती विना डोजर लगाए कारवाही गर्ने, यस अघि व्यवसायिक, नीजी, अन्य संरचना विद्युतीय नक्सा पास लागि निवेदन दिएकाहरुको हकमा वडा समितिको प्राविधिकको प्रतिवेदनका आधारमा वडाबाटै अनुमति, राजश्व लिई वडाबाटै अनुमति दिने व्यवस्था गरेको छ ।
नगरपालिको अनुमति विना जग्गा सम्याउने डोजर लगाएको पाइएमा उक्त कार्यबाट हुने हानी नोक्सानी विपदको मूल्यांकन गरी सम्बन्धितसंग असुल उपर गर्ने व्यवस्था गरेको छ । प्राकृतिक रुपले ३० डिग्री भन्दा भिरालो जग्गा सम्याउन कुनै अनुमति नदिने समेत व्यवस्था गरको छ ।
घर संरचना बाहेक अन्य संरचना सम्याउनु परेमा प्रतिरोपनी १० हजार लिएर सम्याउने व्यवस्था नगरपाललिकाले मिलाउने व्यवस्था गरेको छ ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij