Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

२ सय ५९ वटा सवारी चालक अनुमति पत्र निलम्बनका लागि विभाग पठाइयो

२ सय ५९ वटा सवारी चालक अनुमति पत्र निलम्बनका लागि विभाग पठाइयो

  • काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पाँच ९५० पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने २ सय ५९ जना सवारी चालकहरूका सवारी चालक अनुमति पत्र निलम्बनका लागि सोमबार यातायात ब्यवस्था विभाग मिनभवन पठाएको छ ।

    onlinepatrika
    Arghakhachi

    सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने सर्त तथा नियमहरू पाँच ९५० पटकभन्दा बढी उल्लंघन गरेको पाइएकाले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिमको कसुर गरेको हुँदा सवारी चालक अनुमति पत्र निलम्बनका लागि आज यातायात व्यवस्था विभाग पठाइएको हो ।

    AGNI GROUP

    निलम्बनका लागि पठाइएका सवारी चालक अनुमती पत्र मध्ये ३६, ३०, २८,१९, १८ र १७ पटक १-१ जना, २३, २० र १६ पटक २-२ जना, २१ पटक ३ जना, १५, ११ र १० पटक ११-११ जना, १४ पटक ५ जना, १३ पटक ९ जना, १२ पटक ८ जना, ९ पटक २४ जना, ८ पटक ३४ जना, ७ पटक ५० जना, र ६ पटक ८१ जना चालकहरु ट्राफिक प्रहरीको कार्वाहीमा परेका थिए ।

    ट्राफिक नियम उल्लंघन गरेको कारणले धेरै जसो सवारी दुर्घटना हुने गरेकाले सुरक्षित यात्राका लागी ट्राफिक नियम उल्लंघन नगरी सवारी साधन चलाउन काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij