Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

कर्जा नउठेपछि सहकारीका प्रबन्धकले गरे आत्महत्या

कर्जा नउठेपछि सहकारीका प्रबन्धकले गरे आत्महत्या

  • पोखरा । पोखराको एक सहकारीका प्रबन्धक झुन्डिएको अवस्थामा भेटिएका छन् । पोखराकै डल्फिन वचत तथा ऋण सहकारीका प्रबन्धक ३८ वर्षे लेखुराम खाती झुन्डिएको अवस्थामा भेटिएको कास्की प्रहरीले जनाएको छ ।

    images
    images
    images

    पोखराको पुरानो बसपार्क नजिकै शिवटोलस्थित घरमा झुन्डिएको अवस्थामा देखेपछि परिवार र छिमेकीले प्रहरीमा खबर गरेका थिए । पछिल्ला दिनमा आर्थिक मन्दी र सञ्चालकको दबाबका कारण पोखरा मात्र होइन मुलुकभरका सहकारी समस्यामा छन् । लेखुरामले मृत्युको बाटो रोज्नुलाई पनि यसैसँग जोडिएको छ ।

    डल्फिन वचत तथा ऋण सहकारीका प्रबन्धक लेखुराम खातीले सहकारीको ७० प्रतिशत ऋण उठ्न नसक्ने अवस्थामा रहेकोसमेत खुलासा गरेका थिए । 

    प्रहरीले उनको खल्तीबाट ऋणीहरुलाई तिर्नुपर्ने रकमको सूची फेला पारेको छ । आइतबार दिउँसो नै सहकारीको सञ्चालक समितिको बैठक बसेको थियो । अफिसबाट फर्केपछि उनी साँझपख झुन्डिएको अवस्थामा फेला परे । 

    खातीले गत साउनमै सहकारीबाट राजीनामा दिए पनि सञ्चालक समितिले स्वीकृत नगरेको पाइएको छ । फसेको ऋण उठाएपछि मात्र राजीनामा स्वीकृत गर्ने दबाब उनले झेल्दै आएका थिए । 

    खातीले केही महिनाअघि आफ्ना सहकर्मीमाझ पहिलेका म्यानेजर र अध्यक्षसहितका केही सञ्चालकहरूले लोनका नाममा सहकारीको पैसा लगेको भन्दै चिन्ता व्यक्त गरेका थिए । उनले सहकारीको ७० प्रतिशत ऋण उठ्न नसक्ने अवस्थामा रहेकोसमेत खुलासा गरेका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij