Logo

Jun 11 2025 | २०८२, जेठ २८ गते

Jun 11 2025 | २०८२, जेठ २८ गते

१४६ औं समूहको ट्राफिक नियन्त्रण तालिम सञ्चालन

१४६ औं समूहको ट्राफिक नियन्त्रण तालिम सञ्चालन

  • काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा १४६ औं समूहको ट्राफिक नियन्त्रण तालिम सञ्चालन भएको छ ।

    images
    images
    images

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले मंगलबार आयोजित एक कार्यक्रमबीच  उक्त तालिमको उद्‍घाटन गरेका हुन् । सवारी दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक आवागमनलाई सहज बनाउन तालिम उपयोगी रहेको चर्चा गर्दै प्रहरी वरिष्ठ उपरीक्षक भट्टले तालिममा प्रदान गरिने व्यवसायिक ज्ञान, सिपलाई प्रशिक्षार्थीहरूले उत्सुक भई हासिल गर्नुपर्नेमा जोड दिए ।

    images

    उक्त तालिममा प्रहरी सहायक हवल्दार १४ जना र प्रहरी जवान ५५ जना गरी कुल ६९ जना प्रशिक्षार्थीहरु सहभागी रहेको तालिम संयोजक प्रहरी नायव उपरीक्षक अनिल कुमार उप्रेतीले जानकारी दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij