
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । पोखरामा भएको विमान दुर्घटनामा निधन भएकाको शव नपाएपछि तिनका आफन्त आक्रोशित भएका छन् । हिजो महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडिको मूल सडकमा उनीहरुले केहीबेर चक्का जाम गरेका थिए।
दुर्घटनाको एक साता बितिसक्दा पनि शवको पोष्टमार्टम र डिएनए परीक्षण नसकेको भन्दै आफन्तले शव बुझ्न नपाएपछि उनीहरु आक्रोशित भएको बताइएको छ ।
गत साता अस्पताल पुगेर यथाशक्य छिटो शव पहिचानको व्यवस्था मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिनुभएको थियो । उनीहरुले साँझ पौने ७ बजेदेखि करिब २० मीनेटसम्म चक्काजाम गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij