Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

त्रिभुवन विमानस्थलमा भिजिबिलिटी कम भएपछि क्वालालम्पुरबाट काठमाडौं आएको विमान कोलकाता डाइभर्ट

त्रिभुवन विमानस्थलमा भिजिबिलिटी कम भएपछि क्वालालम्पुरबाट काठमाडौं आएको विमान कोलकाता डाइभर्ट

  • काठमाडौं ।  मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आएको विमान भारतको पश्चिम बंगालको कोलकाता पुगेको छ । शुक्रबार बिहान त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी कम भएपछि क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको आरए-४१६ विमान कोलकाता डाइभर्ट गरिएको गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    उक्त विमान काठमाडौंको आकाशमा फन्को मारेर अहिले कोलकातामा अवतरण गरेको छ। शुक्रबार बिहानैदेखि काठमाडौंको भिजिबिलिटी कम छ । कम भिजिबिलिटीका कारण आन्तरिकतर्फका उडानसमेत अवतरण गर्न नसकी डाइभर्ट गरिएको छ ।

    AGNI GROUP

    बिहान साढे १० देखि   भिजिबिलिटी बढ्दै गएकाले भने आन्तरिकतर्फका उडान अवतरण हुने क्रममा रहेकाम विमानस्थल कार्यालयका महाप्रवन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए।

    शुक्रबार नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमान पनि काठमाडौंमा अवतरण गर्न नसक्दा झापाको भद्रपुर विमानस्थलमा अवतरण गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij