Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)नेपालको संसदीय दलको बैठक आज पनि बस्दैछ। बैठकले सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा छलफल गर्नेछ।
मंगलबार पनि जसपाको संसदीय दलको बैठक बसेको थियो। जसपाले सत्तारुढ दलहरुले आफूलाई सन्तुलित र न्यायोजित मन्त्रालय नदिएको भन्दै सरकारमा नजाने निर्णय गरेको थियो।
बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ। जसपाले प्रधानमन्त्री प्रचण्डसँग उपराष्ट्रपति पनि माग गरेको बताइएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij