Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

३२ अंकले बढ्यो नेप्से

३२ अंकले बढ्यो नेप्से

  • काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से ३२.७२ अंक बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक २१८२ अंकमा कायम भएको छ । कुल ३ अर्ब ७२ करोड रुपैयाँको कारोबार भएको छ । १६९ कम्पनीको मूल्य बढ्दा ३० को घट्यो भने ६ को स्थिर रहृयो ।

    images
    images
    images

    बैंकिङ उपसमूह ४ अंक घट्यो भने अरु सबै बढेका छन् । विकास बैंक १०१, फाइनान्स ६३, होटल तथा पर्यटन १६३, जलविद्युत् १२७, जीवन बीमा १४४, माइक्रोफाइनान्स ५६, निर्जीवन बीमा ११३, अन्य ४४ र व्यापार उपसमूह ५ अंक बढे ।

    ७ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । ग्रिन भेन्चर, आदर्श लघुवित्त, पिपुल्स हाइड्रोपावर, बाराही हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, हिमालयन हाइड्रोपावर र बलेफी हाइड्रोपावरको मूल्य ९.८ देखि १० प्रतिशतसम्म बढ्यो । कारोबार रकमका आधारमा अपी पावर, माथिल्लो तामाकोसी, ङादी ग्रुप, रिडी पावर र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij