Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नयाँ बानेश्वर क्षेत्रका अवैध संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ। नक्साविपरीत निर्माण भएका संरचना भत्काउने अभियानअन्तर्गत प्रहरीको सुरक्षामा डोजर चलाइएको हो।
मापदण्डविपरीत बनेका घरका पाली, भर्याङ, होर्डिङ बोर्ड भत्काइएको महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले बताए।
महानगरले अवैध संरचना र घर टहरा भत्काउन गृह मन्त्रालयसँग सुरक्षा माग गरेको थियो। सोहीअनुसार गृहले आवश्यक सहकार्य र समन्वय भए महानगरलाई साथ दिने प्रतिक्रिया दिएको थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij