
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । रत्ननगर नगरपालिका-१२ मा माेटरसाइकल र मिनीट्रक आपसमा ठोक्किँदा एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा माेटरसाइकल चालक रत्ननगर-१० का २२ वर्षीय अमित महताे रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिएका छन् ।
खाेलेसिमल बजारबाट बकुल्लर आउँदै गर्दा महताेले चलाएकाे ना ४२ प ४४५३ नम्बरकाे माेटरसाइकल विपरीत दिशाबाट आइरहेकाे ना ४ ख ५३०१ नम्बरकाे मिनीट्रकसँग ठोकिँदा सो दुर्घटना भएको हो । माेटरसाइकल पछाडि सवार रत्ननगर-१० कै २७ वर्षीय विश्वास महताे घाइते भएका छन् ।
उनकाे पुरानाे मेडिकल कलेजकाे भरतपुरमा रहेकाे शिक्षण अस्पतालमा उपचार भइरहेकाे छ । इलाका प्रहरी कार्यालय टाँडी रत्ननगरले ट्रक चालकलाई नियन्त्रणमा लिएकाे छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij