
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको यही पुस २६ मा सम्पन्न १५औं वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित सञ्चालकहरु चिन्तामणी भट्टराई, प्रविन कृष्ण श्रेष्ठ, रामचन्द्र सिग्देल, गणेश राज रेग्मी, अर्जुन थापा र केशव खतिवडा मध्ये चिन्तामणी भट्टराईलाई निर्वाचित सञ्चालक समितिको पहिलो बैठकले सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।
नवनियुक्त अध्यक्ष चिन्तामणी भट्टराइले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र समक्ष आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
नवनियुक्त अध्यक्ष चिन्तामणी भट्टराइले त्रिभुवन विश्वविद्यालयबाट एम.वि.ए.सम्मको उच्च शिक्षा हासिल गरी विभिन्न समयमा विभिन्न संस्था तथा होटल व्यवसायको उच्च व्यवस्थापनमा संलग्न रही कार्य अनुभव हासिल गर्नुका साथै साविक लुम्बिनी फाइनान्स एण्ड लिजीङ्ग कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक, लुम्बिनी जनरल इन्स्युरेन्सको सञ्चालक, नाडेप लघुवित्त वित्तीय संस्थाको सञ्चालक, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक रही सेवा पु¥याएका थिए ।
यसैगरी रोटरी इन्टरनेशनलसंग विगत दुई दशकभन्दा बढी समयदेखि आवद्ध रही सन् २०१८÷०१९ को लागि नेपाल–भुटान डिष्ट्रिक गभर्नर रही सामाजिक सेवामा समेत निरन्तर योगदान पु¥याउँदै आएका छन् । उनको कुशल नेतृत्वमा लुम्बिनी विकास बैंकले थप प्रगति गर्ने विश्वास लिइएको छ ।
शपथ ग्रहणको अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, निर्देशक बुद्धराजशर्मा र लुम्बिनी विकास बैंक लिमिटेडका नवनिर्वाचित सञ्चालक गणेश राज रेग्मी, प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा, नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र मुख्य प्रवन्धक दिपक खनालको समेत उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij