Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

नेप्से ४६ अंकले बढ्यो, ५ अर्ब ३१ करोडकाे काराेबार

नेप्से ४६ अंकले बढ्यो, ५ अर्ब ३१ करोडकाे काराेबार

  • काठमाडौं । आज पनि सेयर बजार मापक नेप्से उच्च अंकले बढेको छ । सोमबार नेप्स सूचक ४६.७६ अंकले बढेर २२११.३८ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    नेप्सेमा सूचीकृत २५७ कम्पनीको १ करोड ४६ लाख ७६ हजार २०६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३१ करोड ४३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । आइतबारको सेयर बजार २०.६८ अंकले बढ्दा ५ अर्ब ४५ करोड ९९ लाख रुपैयाँको कारोबार भएको थियो ।

    आज १० कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज बैंकिङ क्षेत्रमा मर्जरको कारण हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । वरुण हाइड्रोपावर, खानी खोला, छ्याङदी, जोशी हाइड्रोपावर, हिमालयन उर्जा, युनियन हाइड्रोपावर, सिंगटी हाइड्रोपावर, अप्तड हाइड्रोपावर, रादी विधुत्, र वराही हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

    आज सर्वाधिक रिडी हाइड्रोपावरको २० करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, ङादी ग्रुप पावरको १६ करोड ९६ लाख, एनआइसी एशिया बैंकको १६ करोड ७८ लाख, शिवम् सिमेन्ट्सको १३ करोड एक लाख र नबिल बैंकको १२ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

    त्यस्तै, नेप्सेमा रहेका १३ इन्डेक्समध्ये आज होटल तथा पर्यटन इन्डेक्सबाहेकका सबै उपसूचकमा हरियाली छाएको छ । आज होटल तथा पर्यटन इन्डेक्स ०.७० प्रतिशतले घटेको छ भने सर्वाधिक हाइड्रोपावर सूचक ४.९५ प्रतिशतले बढेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij