Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मलेसियामा बन्धक बनाइएका १९ नेपालीको उद्धार गर्न सरकारको पहल

मलेसियामा बन्धक बनाइएका १९ नेपालीको उद्धार गर्न सरकारको पहल

  • काठमाडौं । सरकारले वैदेशिक रोजगारीका क्रममा मलेसियामा बन्धक बनाइएका १९ नेपालीको उद्धार गर्न पहल गरेको छ । वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका उनीहरुलाई विगत आठ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझेर उद्धार गर्न पहल थालेको हो ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो विषय गम्भीर भएकाले तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्न मुख्यसचिव शंकरदास वैरागीमार्फत सम्बन्धित निकायलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

    AGNI GROUP

    वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका उनीहरुलाई एजेन्टले स्थानीय केलाङ सहरको एक भवनमा लागेर बन्धक बनाएको भिडियो सार्वजनिक भएको छ । सम्झौताअनुसारको काम नदिई अन्य काम गर्न दबाब दिएर कम्पनीले ज्यादती गरेको दाबी गरेका छन् ।

    कम्पनीको दबाबका विरुद्ध आवाज उठाउँदा आफूहरुमाथि कुटपिटसमेत भएको उनीहरुको गुनासो छ । कम्पनीबाट निकालेर एउटा भवनको कोठामा राखिएको र आफूहरुलाई बाहिर ननिस्कन भनिएको अलपत्र श्रमिकको भनाइ छ । बन्धक बनाइएका श्रमिकले तत्काल उद्धार गरेर नेपाल फर्काउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij