Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राजदूतमाथि मानव तस्करीको आरोप

राजदूतमाथि मानव तस्करीको आरोप

  • काठमाडौं । अष्ट्रियाको भियानामा रहेको नेपाली दूतावास क्रोसियामा नेपाली कामदार पठाउने कागजातसम्बन्धी विवादमा तानिएको छ ।

    onlinepatrika
    Arghakhachi

    क्रोयसियामा कामदार पठाउन रोजगार मागपत्र प्रमाणीकरण गर्ने बहानामा नेपाली राजदूत भरतकुमार रेग्मी लगायतको मिलेमतोमा ठूलो संख्यामा श्रमिकहरु युरोप छिराउन लागेको आरोप लागेपछि दूतावास विवादमा मुछिएको हो ।

    AGNI GROUP

    गैरआवासीय नेपाली संघ अष्ट्रियका पूर्वअध्यक्ष विनोद चौलागाईले दूतावासको संलग्नतामा गैरकानुनी काम भएको बताए । तर, दूतावासले मंगलवार एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगार ऐन २०६४, वैदेशिक रोजगार नियमावली २०६४ तथा अन्य प्रचलित कानुनबमोजिम तय भएका श्रम गन्तब्य मुलुकहरुमा कामदार पठाउन मात्र पत्र प्रमाणीकरण गर्ने कार्य नेपाली दूतावासको कार्यक्षेत्र रहेको जनाएको छ ।

    दूतावासभित्र विचौलियाले अनावश्यक चलखेल गर्न नपाउने र मागपत्र प्रमाणीकरण कार्य पारदर्शी र व्यवस्थित बनाउन सचेत र सजक रहेको दूतावासले दावी गरेको छ । विज्ञप्तिमा सामाजिक सन्जालमा प्रकाशित क्रोयसियामा कामदार पठाउनेसम्बन्धी रोजगार मागपत्र प्रमाणीकरणसँग जोडिएर आएका समाचारहरु भ्रामक रहेको उल्लेख छ ।

    दूतावासले प्रचलित कानुनबमोजिम माग पत्र प्रमाणीकरण कार्यलाई व्यवस्थित गर्न विद्यमान व्यवस्थामा रही सुधार गर्नुपर्ने देखिएकाले २०२२ अगष्टदेखि मागपत्र प्रमाणीकरण गर्ने कार्य स्थगित गरिएको जनाएको छ । विज्ञप्तिमा क्रोयसियामा हालै सेन्जेन समूहमा प्रवेश गरेको विषयमा दूतावासपूर्ण रुपमा जानकार रहेको र सो समूहमा प्रवेश भएपछि परिवर्तन हुनसक्ने अध्यागमन तथा श्रमसम्बन्धी कानुनी व्यवस्थाका बारेमा स्पष्ट जानकारी आएपछि मात्र सम्बन्धित मुलुकका कम्पनीहरुबाट प्राप्त हुने माग पत्र प्रमाणीकरण कार्य सुचारु गरिने उल्लेख छ ।

    यसअघि गैरआवासीय नेपाली संघ अष्ट्रियाका निवर्तमान अध्यक्ष विनोद चौलागाई र सञ्चारकर्मी बाबाराजेश्वरी थापाले अष्ट्रियाका लागि नेपाली राजदूत, कर्मचारीहरु र एनआरएनए अष्ट्रियाको समेत संलग्नतामा मानव तस्करी भएको भन्दै हेलो सरकारमा उजुरी दर्ता गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij