Jun 05 2026 | २०८३, जेठ २२ गते
ललितपुर । सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा एक युवक समातिएका छन् । भक्तपुर नगरपालिका–९ बस्ने २५ वर्षीय सुमन त्योछिन पक्राउ परेका हुन् ।
उनले पीडित महिलासँग सामाजिक सञ्जाल फेसबुकमा साथी बनी कुराकानी गर्ने क्रममा पीडित महिलालाई अश्लिलता प्रदर्शन गर्न करकाप गरी अन्य महिलाको नग्न तस्बिरमा पीडितको टाउको जोडी पीडितका आफन्त तथा साथीहरूले प्रयोग गर्दै आएको फेसबुक म्यासेन्जरमा अश्लिल तस्बिर पठाएपछि उनलाई नियन्त्रणमा लिएको साइबर व्यूरोले जनाएको छ ।
उनीविरुद्द जिल्ला अदालत काठमाडौंबाट हिजाे ७ दिनकाे म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको व्यूराेले जनाएकाे छ ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij